काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताका लागि तोकेको समयमा अर्यालको मात्रै उम्मेदवारी परेसँगै उनी सभामुख पदमा निर्वारोध निर्वाचित भएका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुखमा उम्मेदवारी दर्ताका लागि तोकेको समयमा अर्यालको मात्रै उम्मेदवारी परेको जानकारी दिए। सचिवालयले आज बिहान ११…