काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सचिवालयका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ भने दिउँसो २:३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन आगामी चैत २२ गते…