६ श्रावण २०८३, बुधबार | July 22, 2026

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

कञ्चनपुर । कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको छ । व्यस्त कार्यतालिका, छोटो मातृत्व बिदा, ‘फर्मुला’ दूधको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको आक्रामक विज्ञापन, सहरीकरण, बदलिँदो जीवनशैली तथा शल्यक्रियाद्वारा प्रसूति हुने संस्थाको सङ्ख्या बढ्नु यसका प्रमुख कारणका रूपमा देखिएको जनाइएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य नर्सिङ निरीक्षक आरती पाण्डेयका अनुसार…