नेपालगन्ज । बाँकेमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जिल्लाका सबै निर्वाचन क्षेत्रमा निर्वाचनको पूर्व तयारीका काम अन्तिम चरणमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सम्पूर्ण मतदान स्थल र मतदान केन्द्रहरुमा निर्वाचन सामाग्री सहित कर्मचारीहरु पुगिसकेका छन् भने मतदानस्थल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ…