काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतान्त्रिक गणतन्त्रको उपलब्धि बहुआयामिक रहेको बताएका छन् । गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित तस्वीर प्रदर्शनीको आज अवलोकनपछि प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति डा यादवले संसारमा भएका शासन प्रणालीमध्ये सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै सबैभन्दा उत्कृष्ट रहेको बताए । जनताको आन्दोलनको उपलब्धिका रुपमा रहेको गणतन्त्रलाई संस्थागत…