नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना सम्पर्कविहीन अवस्थामा रहेका छन् । सम्पर्कविहीन हुनेमा १४ जना पुरुष र १३ जना महिला रहेका छन् । त्यसमा दुई जना भारतीय, २० जना बाँकेका स्थायी र ५ जना अस्थायी बासिन्दा रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । बाढीपछि प्रभावित क्षेत्रमा रहेका आफन्त तथा परिवारजनसँग…