२८ भदौ २०८३, आइतबार | September 14, 2026

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको कार्यकालको असफल भएको निष्कर्ष निकालेको छ। शुक्रबार सार्वजनिक गरिएको प्रेस वक्तव्यमार्फत एमालेले सरकारले ‘१०० दिनमा १०० काम’ गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा अपेक्षाअनुसार कुनै उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको दाबी गरेको छ। पार्टीले नीति निर्माणदेखि सुशासन, प्रशासन, सामाजिक न्याय, आर्थिक क्षेत्र र कूटनीतिसम्म…