२८ भदौ २०८३, आइतबार | September 13, 2026

कर्णाली बस दुर्घटनाप्रति प्रचण्डबाट दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली राजमार्गमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको माइक्रोबस साङ्गेतडास्थित कर्णाली नदीमा खस्दा भएको ठूलो जनधनको क्षतिले आफू अत्यन्त मर्माहत र दुखित भएको उनले बताएका छन्। बिहीबार जारी गरेको विज्ञप्तिमा प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण…