काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार बिमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी माग गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो। न्यायाधीश प्रतिमाकुमारी भट्टराईको इजलासले छुनछेक बहसपछि गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएकी हुन् । गोल्छा मंगलबार अदालतमा उपस्थित भएका थिए।…