काठमाडौं । मन्त्रपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसिरहेको बैठकको एजेण्डा भने सार्वजनिक गरिएको छैन । बैठकपछि प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ। अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको यो पहिलो अवसर हो।