काठमाडौँ । निर्वाचन आयोगमा स्थापना भएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सञ्चालनमा रहेको सूचना सदाचार प्रवर्द्धन एकाइले हालसम्म कूल ६१२ वटा हानिकारक सूचना पत्ता लगाएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा विद्युतीय कारोबार ऐन, २०६३ आकर्षित हुने ५४५ वटालाई नेपाल प्रहरीमा र निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने १२१ वटालाई…