काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएको भन्दै आपत्ति जनाएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखसँग रुलिङको माग गरेका हुन्। राईले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भए पनि उनी सदनमा उपस्थित नभएको…