काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताएका छन् । चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको निजामती अस्पतालको भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पताल नेपाल चीनबीचको घनिष्ट सम्बन्धको प्रतिक रहेको बताएका हुन् । प्रचण्डले भने, “दुई देशबीचको आर्थिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध…