काठमाडौं । नेपाली कांग्रेसले अव हुने निर्वाचनमा बिदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार कागं्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई विदेशमा रहेका नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराएका हुन् । कांग्रेस महामन्त्री शर्माले हाल विदेशमा पनि ठूलो संख्यामा नेपालीहरु रहेको…