काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । बिहीबार तमु जातिले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्होको स्वागत गरी ल्होसार पर्व मनाउँदै छन् । प्रधानमन्त्री देउवाले जारी गरेको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने…