८ चैत्र २०८२, आइतबार | March 22, 2026

प्रदेश प्रमुखबाट मधेशका जनताप्रति धोका भयो : पूर्वमुख्यमन्त्री सोनल

काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीमाथि मधेशका जनतालाई धोका दिएको आरोप लगाएका छन् । सोनलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई सुटुक्क मुख्यमन्त्री पदमा नियुक्त गरेको भन्दै आपत्ति जनाएका छन् । उनले प्रदेश प्रमुखले जनमत र नैतिकता विपरीत कदम चालेको दाबी…