बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ र सरसफाइसम्बन्धी समस्यालाई व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेको छ । उपमहानगर प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले सडकपेटी खाली गराउने, अव्यवस्थित रूपमा राखिएका सामान हटाउने र पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकमा व्यवसायी, बुटवल उद्योग-वाणिज्य संघका प्रतिनिधि तथा सम्बन्धित निकायबीच…