८ पुस २०८२, मंगलबार | December 24, 2025

अविरल वर्षाका कारण हुम्लामा २० घर भत्किए

हुम्ला । आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण हुम्लामा २० घर भत्किएका छन् । एक सय घर उच्च जोखिममा परेका छन् । सर्केगाड गाउँपालिका-१ को जैरमा ६ घर पूर्ण रुपमा भत्किएको र १० घरमा आंशिक क्षति पुगेको वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए । ६ घर भत्किदा करिब आठ लाख बराबरको क्षतिको अनुमान गरिएको उनले बताए…