काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले आज एक कार्यक्रमको आयोजना गरी भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ । भारत बेलायतबाट सन् १९४७ अगष्ट १५ का दिन स्वतन्त्र भएको थियो । त्यसपछि सोही दिन अर्थात अगष्ट १५ लाई भारतले आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए…