७ पुस २०८२, सोमबार | December 23, 2025

बढी भाडा लिन खोज्ने ९ जना विचौलिया पक्राउ

काठमाडौं । काठमाडौं बाहिर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोज्ने नौ विचौलियालाई आज ट्राफिक प्रहरीले पक्राउ गरेको छ । चाडबाडमा हुने ठगीलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा परिचालित टोलीले उपत्यकाको विभिन्न क्षेत्रमा गरेको जाँच अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउपर्नेमा चितवनको भरतपुर घर भएका ३८ वर्षीय समीर श्रेष्ठ, धनकुटाका ३० वर्षीय…