काठमाडौं । प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा ७ असोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेको ‘विनियोजन विधेयक-२०७८’ सम्बन्धी पत्राको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेसँगै राष्ट्रपतिले प्रमाणिकरण गरेकी थिइन्…