मुस्ताङ । मुस्ताङको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको स्याउका बोटहरु फूलेर सेताम्मे हुँदै जान थालेका हुन् । स्याउको राजधानीका रुपमा मुस्ताङ परिचित छ । कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगैस्याउ बोटहरुमा फूल फुलेर सेताम्मे हुन थालेको बताए। स्याउलाई चिलिङ (चिस्यान)को आवश्यकता पर्ने उनको भनाइ छ । स्याउलाई शीतोष्ण…