काठमाडौं । धादिङ, डोटी, चितवन र धनुषमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका-८ मा बा.५ ख ७०७३ नम्बरको गाडीले बागमती प्रदेश ०२-०९३ प ३३९४ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक निलकण्ठ नगरपालिका-७ बस्ने २९ वर्षीय अर्जुन पोखरेल रहेका छन् ।…