काठमाडौं । आफ्नै सिफारिसमा प्रतिनिधिसभा विघटन भएको करिब एक सातापछि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह समेत गरेका छन् । उनले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाई…