७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

स्वास्थ्यकर्मी कुट्ने रावतले प्रहरी हिरासतबाटै स्वास्थ्यकर्मीलाई दिए बदला लिने धम्की



नेपालगन्ज । भेरी अस्पतालमा चिकित्सक सहित नर्सिङ स्टाफहरुमाथि आक्रमण गर्ने समूहका नाईके मान बहादुर रावतले प्रहरी हिरासत बाटै स्वास्थ्यकर्मीहरुलाई धम्की दिएका छन् । बिहिबार साँझबाट प्रहरी हिरासतमा रहेका रावतले सामाजिक सञ्जाल मार्फत स्वास्थ्यकर्मीहरुसँग बदला लिने धम्की दिएका हुन् ।

अस्पतालमा रावतका दाजु डिल्लीबहादुर रावतको मृत्यु भए लगत्तै उनको अगुवाईमा नर्सिङ स्टाफको घाँटी थिच्ने र अस्पतालको आईसीयू कक्ष तोडफोड भएको थियो । ३ जना नर्स र एक जना चिकित्सकले अस्पतालको पहिलो तलाबाट हाम्फालेर ज्यान बचाएका थिए ।

रावतले आफन्त गुमाउँदाको पिडा कस्तो हुन्छ, याद दिलाउने छौं भन्दै आफुले भेन्टिलेटरमा नराख्न आग्रह गर्दा गर्दै स्वास्थ्यकर्मीले दाईलाई भेन्टिलेटरमा राखेको आरोप लगाएका छन् ।

स्वास्थ्यकर्मीमाथिको आक्रमणको विरोधमा अस्पताल परिषरमा स्वास्थ्यकर्मीहरु आन्दोलित छन् भने आक्रमणको चौतर्फि विरोध भईरहेको छ । एमालेको जिम्मेवार तहमा रहेका नेताबाट घटना घटाईएको भएपनि एमालेले अहिले सम्म आधिकारीक धारणा सार्वजानिक नगरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल निकट रहेका मानबहादुरको विषयमा पोखरेलको धारणा नआएको प्रति सामाजिक सञ्जालमा सबैभन्दा बढी आलोचना भएको छ ।

चौतर्फि बिरोध भएपछि यो समाचार लेख्दा देख्दै रावतले फेसबुकबाट धम्कीपूर्ण सामाग्री हटाएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १२ : ४३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल