७ आश्विन २०८३, बुधबार | September 23, 2026

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको प्रचण्डबाट खेद व्यक्त, जो कोही भएपनि कारवाही गर्न माग



नेपालगन्ज । नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको आक्रमणको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खेद ब्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आफ्नो फेसबुक पेज मार्फत भेरी अस्पतालमा भएको घटनालाई अमानवीय भन्दै कानुनी कारवाहीको माग गरेका छन् ।

प्रचण्डले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि आक्रम गर्नु निन्दनिय भएको बताएका छन् ।

‘नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ।’ प्रचण्डले भनेका छन्,- ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ।’

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  १० : ३१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई