धरान । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप आइतबार (माघ ४) मेयर पदबाट राजीनामा दिने तयारी गरेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ निर्धारित समयमा कार्यालय नआएपछि राजीनामाबारे अन्योल सिर्जना भएको छ । मेयर साम्पाङले आइतबार मध्याह्न साढे १२ बजेतिर कार्यालयमा आएर राजीनामा बुझाउने तयारी रहेको जानकारी उपमेयर अईन्द्र विक्रम बेघालाई टेलिफोनमार्फत गराएका थिए । सोही जानकारीका…