काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको गेट अवरुद्ध हुनेगरी गाडी पार्किङ गरिएको घटनालाई गम्भीर रूपमा लिएको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले घटनाबारे निष्पक्ष छानबिन र कानुनी कारबाही हुनुपर्ने बताएका छन्। उनले रास्वपाकै कार्यकर्ता भएपनि कारवाही हुनपर्ने बताए । उक्त घटनाप्रति पार्टीको धारणा यसअघि नै विज्ञप्तिमार्फत…