काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गर्नका लागि सत्तारूढ नेपाली कांग्रेसका नेताहरू बालकोट पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता अघि दोस्रो तहका नेताहरूबीच छलफल हुँदैछ । सरकारले संसदमा पेस गरेको अमेरिकी सहयोग परियोजना एमसिसीलाई पारित गर्ने र संसद सुचारु गर्ने विषयमा प्रधानमन्त्री देउवा र ओलीबीच यसअघि…