११ पुस २०८२, शुक्रबार | December 27, 2025

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्री पोखरेलले गरे छलफल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले यथाशिघ्र कोरोना विरुद्धको खोप नेपाल ल्याउने विषयमा छलफल गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बुधबार गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी, मुख्यसचिव डा. शंकरदास मैनालीसँग छलफल गरेका हुन् । बैठकमा तत्कालै नेपालमा खोप…