काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन्। संविधानको मर्म र भावना प्रतिकूल भएको ठहर गर्दै राष्ट्रपति पौडेलले यो विधेयक संविधानको धारा ११३ को उपधारा ३ को आधारमा संसद्मै पुनः विचारका लागि पठाएका हुन्। विधेयक संविधानको मर्म, लोकतान्त्रिक मूल्य र विश्वव्यापी अभ्यासविपरीत भएकाले राष्ट्रपतिले पुनर्विचारका…