नेपालगन्ज । नेपालगन्जमा पछिल्लो समय छठ पर्वको रौनक बढ्दै गएको छ । सूर्यको उपासना गर्दै मनाइने छठ पर्वके रौनक केही वर्षदेखि नेपालगन्जमा बढ्दै गएको हो । छठ पर्वका लागि नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरभित्रको तलाउलाई ुछठीघाटु का रुपमा झकिझकाउ बनाइएको छ । हरेक वर्ष पूजा गर्नेको संख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको रौनक बढ्दै गएको हो…