काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेश र प्रदेश १ र २ मा अहिले सामान्य वर्षा भइरहेको छ । उपत्यकामा बिहानैदेखि पानी पर्न सुरु भएको छ । केहीबेर पानी पर्न रोकिए पनि दिउँसो पुनः पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ…