बझाङ । बझाङ जिल्लामा विवाहको प्रलोभन देखाएर जवरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना युवक विरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्लाको केदारस्यु गाउँपालिका वडा नं. २ का १८ वर्षका युवक जनक ओखेडाले १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।…