कास्की । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले…