काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज शितल निवासमा सर्वदलीय बैठक बस्दैछ । सत्ता समीकरणका बिषयमा दलहरुबीच तीव्र ध्रुविकरण चलिरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठकको आयोजना गरेकी हुन् । आज राष्ट्रपति भवन शितल निवासमा बोलाईएको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ । आज दिउँसो ४ बजेका लागि बोलाइएको…