बुटवल । बुटवलमा आजदेखि टोल-टोलमा कोरोना भाइरस कोभिड-१९ को निशुल्क परीक्षण सुरु भएको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र बुटवल उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निशुल्क परीक्षण गरिएको हो । हालसम्म ६२ जनाको परीक्षण भएकोमा १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण…