७ पुस २०८२, सोमबार | December 22, 2025

घर आँगनको फूलबाट आम्दानी गर्दै गृहिणी

महोत्तरी । महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता घर आँगनमा शोभाका लागि लगाइएको फूलबाटै यहाँका गृहिणीले आम्दानी गर्न थालेका छन् । तिहारअघि फूल खोज्दै बस्ती/बस्ती पस्ने व्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि थैलीमा हम्मेसी पैसा नपर्ने गृहिणीमा खुशी थपिएको छ । “यसको पनि पैसा पाइन्छ भनेर त सोचेकै थिइन”, आफ्नै घरआँगनका डिलमा ढकमक्क देखिने सयपत्री र…