१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

घर डुबानमा परेपछि नगरपालिकामा तालाबन्दी

नवलपुर । स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन । बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गैँडाकोट-४ मा दुई सयभन्दा बढी घर डुबानमा परेका थिए । नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट मुक्ति दिन नसकेको जनाउँदै पानीको…