स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका- ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ सुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए । ‘पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्,’ प्रअ…