नेपालगन्ज । कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीवार बेलुका सवा ५ बजे मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएको थियो ।…