१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

प्रहरी जवानको परीक्षा दिने नक्कली परीक्षार्थी र दिन लगाउने पक्राउ



सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ ।

गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा एक लाख रूपैयाँ दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका-२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन १४ गते प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन भएको अन्तर्वार्ता परीक्षामा सहभागी हुन आएका रोशनले अन्तरवार्ता दिने क्रममा शंकास्पद कुरा गरेको र लेख्न लगाउँदा लेख्नसमेत नजान्दा सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

सो क्रममा रोशनले एक लाख दिएर आफ्नै गाउँका लोबनलाई लेख्न लगाएर आफू पास भएको रहस्य खुलाएको उनले बताए । घर्तीका अनुसार पक्राउ परेको दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको छ । रासस

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ३ : ०० बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ