२६ बैशाख २०८१, बुधबार | May 9, 2024

स्याङ्जामा कांग्रेसका १० हजार बढी नयाँ क्रियाशील सदस्य



स्याङ्जा । स्याङ्जामा नेपाली कांग्रेसका १० हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् ।

पार्टीको आसन्न १४औं महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ १० हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिए ।

तेह्रौं महाधिवेशनमा क्रियाशील रहेका पुराना सदस्य ११ हजार २५६ रहेकामा ९ हजार ३४१ जनाले नवीकरण गरेका हुन् । क्रियाशील सदस्य संख्यालाई दोब्बर बनाउने लक्ष्यअनुसार थप क्रियाशील सदस्यता वितरण गरिएको कावा सभापति रानाले बताए ।

जिल्लामा पुरानो क्रियाशील सदस्यमध्ये हाल नवीकरण भएका ९ हजार ३४१ र नयाँ सदस्यता १० हजार ८ गरी कूल १९ हजार ३४९ रहेका छन् ।

५ नगरपालिका र ६ वटा गाउँपालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै वालिङ नगरपालिकामा ४ हजार ३८५ र सबैभन्दा कम हरिनास गाउँपालिकामा ४९३ जना क्रियाशील सदस्य रहेका छन् ।

वालिङमा नयाँ २ हजार २३९, पुतलीबजारमा १ हजार ६१०, चापाकोटमा १ हजार ३५१, गल्याङमा १ हजार १७१, भिरकोट नगरपालिकामा १ हजार ८० थपिएका हुन् ।

कालीगण्डकीमा ६८८, आँधीखोलमा ४५३, अर्जुनचौपारीमा ४३१, बिरुवामा ४२१, फेदीखोलामा ३१० र हरिनास गाउँपालिकामा २५४ नयाँ क्रियाशील सदस्यता थपिएको छ । नयाँ र पुराना क्रियाशील सदस्यता गरी वालिङमा ४ हजार ३८५, पुतलीबजारमा ३ हजार १५९, चापाकोटमा २ हजार ४१५, गल्याङमा २ हजार ३८१, भिरकोटमा १ हजार ९६० रहेका छन् ।

कालीगण्डकीमा १ हजार ३४८, आँधीखोलामा ९१५, अर्जुनचौपारीमा ८८७, बिरुवामा ८२८, फेदीखोलामा ५७८ र हरिनासमा ४९३ क्रियाशील सदस्य पुगेका छन् । आसन्न १४औं महाधिवेशनका लागि वडा, नगर, क्षेत्र, जिल्ला तथा केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपनि पछिल्लो समयमा आएर स्थगित भएको छ ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा तातेको जिल्लाको चुनावी सरगर्मी निर्वाचनको मिति सरेसँगै विस्तार घटेको छ । यद्यपि विभिन्न तहमा उम्मेदवारीको आकांक्षीमा देखिएका नेताले भने भेटघाटलाई निरन्तरता दिएका छन् ।

नेताहरू सामूहिक वा व्यक्तिगतरूपमा कार्यकर्तालाई आफ्नो पक्षमा पार्नका लागि रणनीति बुन्दैछन् । वडा, नगर, क्षेत्र तथा जिल्लामा नेतृत्वमा सम्भावित आकांक्षीमध्ये केहीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले पर्ख र हेरको अवस्थामा रहेका देखिन्छन् । रासस

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : ३४ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s