तुलसीपुर । झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका-६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो । दिदी विनिताको आइतबार बिहान २ बजे र बहिनी रीताको बिहान ६ बजे निधन भएको इलाका प्रहरी कार्यालय…