१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

शान्ति सेनामा धेरै सैनिक पठाउनेमा नेपाल तेस्रो

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पुर्‍याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा अहिले पाँच हजार १५४ जना नेपाली शान्ति सैनिक परिचालित छन । विश्वका १२२ राष्ट्रले…