काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका छन् । केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताए । सुर्खेतमा प्रत्येक महिनाको १ र १५…