काठमाडौं । पछिल्लो २४ घण्टामा ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जना नयाँ संक्रमित पुष्टि भएको छ । सोही अवधिमा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको तथा ४९१४ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज सम्ममा देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।
हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन् भने कोरोना निको हुने दर ९१।९ प्रतिशत रहेको छ ।
प्रतिक्रिया