काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योगमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइतेमध्ये दुई जना नेपाली र पाँच जना चिनियाँ नागरिक रहेका छन्। मरिणस्थित निर्माणाधीन हिमालयन फुड प्रोसेसिङ कम्पनीमा कार्यरत गाडी चालक स्थानीय नमराज बम्जनलाई कामबाट हटाइएको विषयलाई लिएर विवाद सुरु…