बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको हो । प्रदेशसभामा मुख्यमन्त्री नियुक्त गरेको अवस्थामा पोखरेलको पक्षमा बहुमत नभएको जिकीर गर्दै गठबन्धनले प्रदेश प्रमुख…