७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा थपिए २०४ नयाँ संक्रमित, बुटवलमा मात्र ९६ जना थपिए



बुटवल । आज पनि रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रमले निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २०४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आज थपिएका संक्रमितहरुमा ८२ जना महिला र १२२ जना पुरुष रहेका छन्। आज पनि बुटवल उपमहानगरपालिकामा न्यि पालिका भन्दा बढी ९६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार आज तिलोत्तमा नगरपालिकामा ५०जना, सिद्धार्थनगर नगरपालिकामा ३० जना, सैनामैना नगरपालिकामा १० जना, ओमसतिया गाउँपालिकामा ५ जना, गैडहवा गाउँपालिकामा ४ जना, मायादेवी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा २/२ जना तथा सियारी गाउँपालिका, रोहिणी गाउँपालिका लुम्बिनी साँस्कृतिक नगरपालिका र देवदह नगरपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा हाल १ हजार २४६ जना संक्रिय संक्रमितहरु रहेका छन्। रुपन्देहीमा १७३ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ५९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई