१८ श्रावण २०८३, सोमबार | August 4, 2026

नेपालगञ्जबाट कोरोनाका बिरामी बोकेर काठमाडौं उडेको हेलिकप्टर धादिङको गजुरीमा आकस्मिक अवतरण

धादिङ । धादिङको गजुरी बजारमा दुई हेलिकप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका हेलिकप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरेको हो । आकस्मिकरूपमा अवतरण गर्ने हेलिकप्टर मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् । काठमाडौंमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा आकस्मिक अवतरण गरिएको हो ।