चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा सवारी साधनको ठक्करबाट एउटा चितुवाको बच्चा मरेको छ । शनिबार राति टिकौली जाँचचौकीबाट करिब ३०० मिटर पूर्वतर्फ चितुवाको बच्चा मरेको अवस्थामा भेटिएको हो । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आठ महिनाको जस्तो देखिने पोथी बच्चालाई सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको हो । बच्चाको मुखमा…